नगद लुटेको आरोपमा वडा अध्यक्ष जेल चलान

काठमाडौं । जिल्ला अदालत सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश मनोज श्रेष्ठको एकल इजलासले डाँका तथा चोरी मुद्दामा वडाध्यक्ष विष्टसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

विष्टसँगै सुशील गुरुङ र बलिराज शाही पनि जेल चलान भएका छन् । अदालतले आरोपित पाँच जनामध्ये सन्तोष थापा र यामराज शाहीलाई भने दुईदुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न अनुमति दिएको छ ।

वडा अध्यक्षसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।