पोखरामा पक्राउ परेकी महिलाले भित्री बस्त्रमा लुकाएकी थिईन् २४ तोला सुन

काठमाडौं । पोखरामा पक्राउ परेकी महिलाले भित्री बस्त्रमा करिब २४ तोला सुन लुकाएर ल्याएको खुलेको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका- १ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङले उक्त सुन लुकाएर ल्याएको खुलेको हो

उनको साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएको अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएको छ । बरामद सुनको अन्दाजी तौल २४ तोला रहेको बताइएको छ ।