आज दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ ।

मंगलबार म्युचअल फन्डबाहेक सबै उपसूचक घटेको छ । २ सय ७८ धितोपत्रको ६१ हजार ३४१ वटा कारोबार भएको आज ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ । नेपाल बैंक डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नबिल ग्रोथ फन्डसहितका धितोपत्रको आज मूल्य बढेको छ ।

मंगलबार हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन्