सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक छन् ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन तस्करीमा संलग्न रहेको आरोपमा उनीहरू मंगलवार पक्राउ परेका हुन् ।

यसअघि बरामद भएको सुन ब्रेक सुबाट हिजो छुट्याइएको थियो ।

यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको आधिकारिक तौल ६० किलो ७१६ ग्राममा पुगेको छ ।