सुधार गृहबाट भागेका बालबालिका मध्ये, ८४ पक्राउ

 

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित रहेको बाल सुधार केन्द्रबाट करिब २ सय बढी जना बालबालिका भागेको अनुमान गरिएको छ।

सुधारगृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि प्रहरीले गोली समेत चलाएको थियो। भीडन्तमा कैदी र प्रहरी समेत गरि करिब १७ जना घाइते भएका छन्।

घाइते बन्दीमध्ये एक जना गम्भीर भएको जनाइएको छ। दुई जनाको स्थिति सामन्य भएको जनाइएको छ। घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

झडपको क्रममा करिब २ सय कैदी बन्दी भागेको अनुमान गरिएको छ। लाठी भालासहित विद्रोहमा उत्रिएका उनीहरूले गृह बन्दी ब्रेक गरी भागेका थिए।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो।

सोही विषयमा सुधार गृहको लापरवाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नारावाजी गर्दै प्रदर्शन गरेका थिए। सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए।

यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।

बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए। उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए। अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन्।

सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन्। सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन। यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिव ८४ जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको स्रोतले जनाएको छ।

ताजा अपडेट