सुन तस्करी प्रकरण :अध्यागमन विभागको महानिर्देशक अधिकारीलाई गृहमा तानियो

काठमाडौँ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । उनलाई मन्त्रालयको जगेडामा राखिएको छ । उनले २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।