एमालेले बैठक बस्ने भनिएको ठाँउमा बाढी पसेपछि….

काठमाडौं । सिरहामा शनिबार बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ। धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक बाढीका कारण स्थगित भएको हो।

बैठक गर्ने भनेकै घरमा बाढी पसेपछि बैठक सम्भव नभएको हो। अब सो बैठक भदौ १४ मा बस्ने बताइएको छ।

एमालेले २०४६ सालमा अम्बासको एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो। २०४६ भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटीसँगै भण्डारीलाई महासचिव बनाएको थियो।