सारुकका पिता सानु ताम्राकारको निधन

काठमाडौं ।अभिनेता तथा जादुगर सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन भएको छ । दिवङ्गत अभिनेता सारुक ताम्राकारका पिता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ । सानु शास्त्रीय नृत्यमा पारंगत थिए । उनले थुप्रै नेपाली फिल्ममा अभिनय गरेका थिए ।