सानु र सारुकलाई श्रद्धाञ्जली दिँदै नम्रताले लेखिन् : ‘सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस’

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले कलाकार सानु ताम्राकार र उनका छोरा सारुक ताम्राकारलाई सामाजिक सञ्जालबाट श्रद्धान्जली दिएकी छन् । सारुकको डेढ महिना अघि र सानुको हिजो निधन भएको थियो ।

सारुकको निधनपछि नम्रता विवादमा निकै तानिँदै आएकी छन् । उनी सारुकसँग अफेयरमा रहेको र मृत्युअघि उनीहरुको झगडा परेको तथ्य सार्वजनिक भएको थियो । सारुकको निधनपछि नम्रताले सार्वजनिक रुपमा कुनै पनि टिप्पणी गरेकी थिइनन् ।

छोराको निधनबाट विक्षिप्त बनेका सानुको पनि हिजो निधन भयो । त्यसपछि भने नम्रताले सामाजिक सञ्जालमा बुवा छोराको तस्वीर राखेर श्रद्धाञ्जली दिएकी हुन् । सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि उनले प्रार्थना गरेकी छन् ।