सोविता गौतमको आक्रोश : सांसदलाई ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पढ्ने मौकासमेत दिइएन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसद्‌मा पेस गरिएको भन्दै सरकारको आलोचना गरेकी छन्।

८१ वटा ऐनहरु आकर्षित हुने सो विधेयक सरकारले सांसदहरुलाई पढ्ने मौकासमेत नदिई खिचडीजस्तो बनाएर संसद्‌मा पेस गरिएको भन्दै आलोचना गरेकी हुन्।

मंगलबार सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरुले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण समेत गराइन्।

उनले सरकारलाई विधेयकहरु आफूले पढेर मात्रै संसद्‌मा पेस गर्न पनि सचेत गराइन्।