स्कार्पियो दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्।

गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो।

पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

भाडाको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईँले बताए। पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बन्द भएको छ।