आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको भाउ आज केही बढेको छ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

भाउ बढेपछि सुन आज १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ।