एसिया कपमा श्रीलंका र बंगलादेश भिड्दै

काठमाडौँ । एसिया कप क्रिकेटमा आज आयोजक श्रीलंका र बंगलादेश भिड्दै छन् । खेल पल्लेकेलेमा दिउँसो ३ः१५ बजेदेखि शुरु हुनेछ ।

यो पनि डे नाइट खेल हो । समूह बी को खेल भइरहेको हो । यो समूहमा अफगानिस्तान पनि रहेको छ ।

समूह ए मा भने नेपाल, भारत र पाकिस्तान रहेका छन् । पहिलो खेलमा नेपाल पाकिस्तानसँग गएराति २३८ रनले पराजित भयो ।

यो समूहको अर्को खेलमा शनिबार भारत र पाकिस्तान खेल्नेछन् ।

नेपालले दोस्रो खेलमा आगामी सोमबार भारतसँग श्रीलंकामा खेल्नेछ ।

नेपालले पहिलो पटक एसिया कप खेलिरहेको हो ।