एसिया कप क्रिकेट अन्तर्गत भारत-नेपालको खेल हेर्न श्रीमतीसहित श्रीलंका लागे शक्ति

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सेप्टेम्बर ४ तारिखमा हुने नेपाल-भारत प्रतिस्पर्धा हेर्न पूर्व खेलाडी शक्ति गौचन श्रीलंकातर्फ लागेका छन् ।

बिहीबार श्रीमतीसहित उनी श्रीलकांतर्फ लागेको तस्विर सामाजिक सन्जालमा राखेका छन् । ‘नेपाली टोलीलाई चियर गर्न श्रीलंकातर्फ लागियो’, लेख्दै उनले तस्बिरहरु पोस्ट गरेका छन् । शक्ति हाल भैरहवामा एकेडेमी चलाइरहेका छन्। नेपाली टोलीमा रहेका कुशल मल्ल उनकै एकेडेमीका उत्पादन हुन् ।

नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्तीदेखि टी–२० विश्वकप सहभागितासम्ममा शक्तिको महत्वपूर्ण भूमिका रहेको थियो । उनले डेढ दशकभन्दा लामो समय नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।

बुधबार पाकिस्तानसँग २३८ रनले पराजित भएको नेपाली टोली बिहीबार श्रीलंका ओर्लिएको छ । नेपालले पहिलोपटक एसिया कप खेलिरहेको हो ।