खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका- ८ जरंखुस्थित खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा रौतहट चपुर नगरपालिका-३ घर भएका ३५ वर्षीय दिलबहादुर तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६०० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।