उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच भेट वार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य बिस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो ।