एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै छन्। खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको पालेकेले क्रिेकट मैदानमा हुँदैछ।

संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ। एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ जान नमानेपछि भारत र पाकिस्तानबीचको खेल श्रीलङ्कामा हुन लागेको हो।

आफ्नो पहिलो खेलमा नेपाललाई पराजित गरेको पाकिस्तान आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ भने भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ।

अहिलेसम्म भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ। नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ।