नाइजेरियाले बोलायो सबै देशबाट आफ्ना राजदूत फिर्ता

काठमाडौं। पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।

सबै देशका राजदूतहरूलाई किन फिर्ता बोलाइएको भन्ने जानकारी भने नाइजेरियाले दिएको छैन ।