वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

काठमाडौं। वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ। वीर अस्पतालका डारेक्टर सन्तोष पौडलका अनुसार सर्जिकल भवनको तलाबाट एक जना पुरुषले हाम फालेका हुन्।

पौडलका अनुसार गयराति अधबैसें उमेरका पुरुषले हाम फालेका हुन्। काठमाडौं प्रहरी परिसर अनुसार मृतकको हालसम्म सनाखत हुन सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।