काठमाडौँ । सुन तस्करी प्रकरणमा जोडिएका रुपन्देही घर भइ टोखामा बस्ने सुमन खरेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नेपाल-भारत सीमाबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।
उनको काठमाडौं र वीरगञ्जका व्यापारीहरुसँग सम्पर्क देखिएको छ । सुन तस्करीको कनेक्सन खोज्न सीआईबीको एउटा टोली भारत पनि गएको थियो । सीआईबीका एसएसपी दिनेश आचार्य सुन तस्करीको अनुसन्धानमा थप प्रमाण जुटाउन अहिले हङकङ गएका छन् ।
एयरपोर्टको भन्सारबाट पास भई सिनामंगलबाट बरामद भएको ब्रेक सुमा बनाएर तस्करी गरिएको सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परिसकेका छन् ।
Add Comment