राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्योकमा हुने आगामी संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

सो अवसरमा उनीहरूबीच मुलुकका अरू समसामयिक विषयमा पनि विचार(विमर्श भएको जनाइएको छ।