भारतविरुद्ध शतक हान्ने र ४ विकेट लिनेलाई एक लाख पुरस्कार दिने घोषणा

काठमाडौं। कन्चनपुरको शुक्लाफाँटा नगरपालिकाले एसिया कप क्रिकेटमा भारतविरुद्ध खेल्ने नेपाली खेलाडीलाई पुरस्कार घोषणा गरेको छ।

नगरपालिकाले विज्ञप्ति जारी गर्दै भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने नेपाली खेलाडीलाई जनही १र१ लाख रूपैयाँसहित सम्मान गर्ने जनाएको हो। क्रिकेट टिमको हौसला बढाउनका लागि नगर प्रमुख स्तरीय निर्णय गरेको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए।

एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।