एसिया कप क्रिकेट : नेपाल–भारत खेलअघि कस्तो छ मौसम ?

काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल श्रीलंकाको केन्डी सहरको पल्लेकल अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । तर खेलका बेला वर्षा हुने सम्भावना प्रबल छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि केन्डीमा पानी पर्ने सम्भावना छ । दिउँसो ३ः३० बजेसम्म ५७ प्रतिशत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै ४ः३० बजे ४१, ५ः३० बजे ५५, ६ः३० बजे ३१ प्रतिशत छ ।

यस्तै, राति ९ः३० बजे पानी पर्ने सम्भावना ५९ प्रतिशत छ । त्यसपछि ७२ प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको बताइएको छ । यदि वर्षा भयो भने खेल अवरुद्ध हुन सक्छ ।

नेपाल र भारतबीचको खेल दिउँसो सवा तीन बजे सुरु हुँदै छ । यतिबेला मौसम धेरै खराब हुन सक्छ ।

हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केन्डीमा भारत र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

यो खेल जित्न भारतले पाकिस्तानलाई २६७ रनको चुनौती दिएको थियो ।