वडाध्यक्षले गरे नेपाली क्रिकेट खेलाडीलाई ५० हजार दिने घोषणा

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनिराम धमलाले नेपाली क्रिकेट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटसमार्फत उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको जानकारी गराएका हुन् ।

नेपालको राष्ट्रिय टिमले भारतीय क्रिकेट टिमलाई एसिया कप क्रिकेट प्रतियोगितामा पहिले ब्याटिङ गर्दै २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको खुसियालीमा उक्त पुरस्कार दिने घोषणा गरेको उनले बताए ।

वडाध्यक्ष धमलाले फेसबुकमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय क्रिकेट टिमले भारतीय क्रिकेट टिमलाई एसिया कप क्रिकेट प्रतियोगितामा पहिले ब्याटिङ गर्दै २३१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको खुसियालीमा क्रिकेट खेलाडीको प्रोत्साहन स्वरूप नेपाली क्रिकेट टिमलाई ७ नम्बर वडाको युवा तथा खेलकुद शीर्षकमा विनियोजन गरेको बजेट मध्य पचास हजार रुपैयाँ रकम पुरस्कार दिने घोषणा गर्दछु ।’