वान–एक्स बेट प्रकरणपछि बन्द भएको ‘बल्छी ध्रुवे’ र ‘राजु मास्टर’को ‘जुठे’ आजबाट प्रसारण हुने

काठमाडौँ । वान–एक्स बेट प्रकरणमा निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’ पक्राउ परेपछि बन्द भएको टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । टेलिचलचित्र आज बुधबार साँझबाट फेरि नियमित प्रसारणमा आउन लागेको निर्देशक मरिचमान श्रेष्ठले बताए ।

बुधबार ‘जुठे’को १२० औँ भाग प्रसारण हुनेछ । हिमालय टिभीमा प्रसारण हुने टेलिचलचित्र अबदेखि ओएस आर डिजिटलको युट्युबमा ९ बजे आउनेछ । यसअघि ‘जुठे’ मास्टर युट्युब च्यानलबाट प्रसारण हुने गरेको थियो ।

दर्शकहरुले रुचाएको टेलिचलचित्र आफूले किन्न पाउँदा खुसी लागको ओएस आर डिजिटलका ओम प्रकाश अग्रवालले बताए ।

टेलिचलचित्रमा निर्देशकद्धय श्रेष्ठ र पौडेलको अलावा रवि गिरी, विद्या कार्की, मुकुन्द मैनाली, श्रीप्रसाद थापा, शर्मिला शर्मा, रामबाबु रेग्मी लगायतको पनि रहँदै आएको छ ।