महिला विश्वकप छनोट : थाइल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

नेपाल समूह ए को उपविजेता र थाइल्याण्ड समूह बीको विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै अर्को सेमिफाइनल खेलमा यूएई र हङकङ, चाइनाबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा यूएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

आजको विजेता टोलीबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। फाइनल पुग्ने दुई टोलीले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।

समूह चरणमा मलेसियालाई ५ रनले पराजित गरेको नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको थियो । फाइनल पुग्ने दुई टिम ग्लोबल छनोटमा पुग्नेछन् ।