नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएसँगै विश्वकप एसियाली छनोटबाटै बाहिरियो

काठमाडौं । नेपाल मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ ।

शुक्रबार बिहान भएको खेलमा थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गर्‍यो ।

१०६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन जोड्यो । नेपालका लागि कविता कुँवरले १७ तथा अप्सरा बेगम र कविता जोशीले १०/१९ रन बनाए । जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ ।

थाइल्यान्डले सन् २०२० मा विश्वकप खेलेको थियो।