वर्षाको सम्भावना देखिएपछि भारत-पाकिस्तानबीच हुने खेलका लागि ‘रिजर्भ डे’ राखियो

काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत सुपर ओभरमा भारत र पाकिस्तानबीच हुने खेलका लागि ‘रिजर्भ डे’ राखिएको छ । वर्षाको सम्भावना देखिएपछि अर्को दिन खेल गर्न सकिने व्यवस्था गरिएको हो ।

यसअघि एसिया कपमा फाइनलका लागि मात्र ‘रिजर्भ डे’ राखिएको थियो । भारत र पाकिस्तान आइतबार सुपर ओभरमा भिड्दैछन् । यसअघि समूहगत चरणमा यी दुई टोलीबीच भिडन्त भएकामा वर्षाका कारण रद्ध भएको थियो ।