महासचिव पोखरेलको टोली भ्रमण रद्द गरी आज नेपाल फर्किदै

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गए राति आकस्मिक निधन भएपछि पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको टोली आजै भ्रमणका सबै कार्यक्रम रद्द गरी नेपाल फर्कनेभएको छ ।

भदौ २८ गतेसम्म चीन भ्रमणमा रहको सो टोली आकस्मिक रुपमा आज फर्कन लागेको भ्रमण टोलीमा रहेका प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले महासचिव पोखरेल नेतृत्वमा पार्टीका नेताहरुसहित टोली चीन भ्रमणमा रहेको छ । आज छिङहाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने कार्यक्रम रहेको राईले बताए ।

भ्रमण टोलीमा एमाले नेताहरु राजेन्द्र गौतम, डा। राजन भटटराई, निरज आचार्यलगायतको टोली चीनमा छ । टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य आजै फर्किने निर्णय भएको नेकपा ९एमाले० का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिएको राईले बताए । सबैको टीकट व्यवस्थापन नभएमा महासचिव पोखरेल एक्लै भए पनि फर्कनु हुने राईले बताए । एमालेले आजै ११ बजे सचिवालय बैठक पनि बोलाएको छ ।