आज घोडाघोडी नगरपालिकामा शोक बिदा

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख छत्रा रावत न्यूरेको निधन भएको छ ।

४८ वर्षीया न्यूरेको नगरपालिका–१ सुखड स्थित आफ्नै घरमा राति करिब साढे २ बजेपछि निधन भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

हृदयाघातका कारण उनको निधन भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव निरीक्षक वीरेन्द्र विकले जानकारी दिए ।
यसैबीच घोडाघोडी नगरपालिकाले आज शोक बिदा दिइएको छ ।

घोडाघोडी नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा मंगलबार एक दिनका लागि शोक बिदा दिइएको हो ।