मलंगवामा कर्फ्यू जारी

काठमाडौं । सर्लाही जिल्ला सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलंगवाले गए राति १०:०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलंगवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०:०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ ।

कर्फ्यू आदेशपछि अहिले मलंगवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।