बाल सुधार गृह तोडफोड गरेर भागेका ३० जना प्रहरी‍को नियन्त्रणमा

काठमाडौं । बाँकेमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी ३० जना भागेका थिए।

उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको डिएसपी डाँगीले बताए।

बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले पनि दुई समूहको झडपले बाल सुधार गृह रातभर तनावग्रस्त भएको बताए। अवस्था अहिलेसम्म मत्थर नभएको उनले जानकारी दिए।

‘हामी बालसुधार गृह भित्र जान मिल्दैन र भित्र अहिले पनि होहल्ला र तनाव कायमै छ,’ एसपी राठौरले भने ‘ यो बाल सुधार गृह भित्र बस्दै आएकाहरुको छाडापनि र आन्तरिक लफडाको कारण सृजित अवस्था हो।’

बालगृहमा रहेका २५४ जना मध्य १६५ जना १८ बर्ष माथिका रहेको र उनीहरुकै कारण असहजस्थिति सृजना भएको एसपी राठौरले जानकारी दिए।