आन्दोलनरत शिक्षकलाई कांग्रेसको आग्रह– विद्यालय खोल्नुस् ऐन बनाएर तपाईँहरूका माग समाधान गर्छौं,

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूका जाजय मागलाई पूरा गर्न संसद्मा भूमिका खेल्ने भन्दै विद्यालयमा पठनपाठनको प्रक्रिया शुरू गर्न माग गरेको छ । केन्द्रीय समितिको बैठकबाट शिक्षकको आन्दोलनबाट निर्णय गर्दै कांग्रेसले वार्ताबाट शिक्षकका समस्या समाधान गर्न सकिने बताएको हो ।

‘संसद्मा दर्ता गरेको शिक्षा विधेयक दर्ता भएको छ । शिक्षकका मागका विषयमा वार्ताबाट समाधान निकाल्न सकिन्छ । कांग्रेस सरकार र शिक्षकबीच भएको वार्तालाई स्वागत गर्छौ,’ बैठकबाट गरेको निर्णयबारे जानकारी गराउँदै महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘विद्यालय शिक्षाको अवस्था र शिक्षकका हक हितका विषयलाई समेटेर विधेयकलाई ऐन बनाउँदा परिमार्जन गर्न सकिने विषय छन् ।

संसदीय प्रक्रियाबाट परिमार्जन गर्न सकिन्छ । सार्थक वार्ताबाट यथाशीघ्र सहमतिमा पुग्नुपर्छ । शिक्षकले पनि छिटोभन्दा छिटो पठनपाठन गर्ने वातावरण बनाउनुपर्छ भन्नेमा माग कांगेस गर्दछ ।’

कांग्रेसले सबैको साझा प्रतिबद्धताबाट सहमतिमा पुग्नुपर्ने बताएको छ ।