शिक्षक र सरकारबिच सहमति, शिक्षकहरुको आन्दोलन फिर्ता

काठमाडौं । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी छन्।

सिंहदरबारमा शुक्रबार अपराह्न पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले शिक्षकहरूसँग सरकारले सहमति गरेको बताइन्।

‘शिक्षकहरूसँग सहमति भएको छ। संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘शिक्षकहरूले आन्दोलन स्थगित गर्नुहुन्छ।’

विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।