एनआईसी एसिया बैंकले ३० प्रतिशत बोनश दिने, असोज २८ को वार्षिक साधारण सभाले पारित गर्ने

काठमाडौं । एनआईसी एसिया बैंकले यहि असोज २८ गते २६ औं वार्षिक साधारण सभाका लागि आह्वान गरेको छ ।

बैंकको ६३० औं सञ्चालक समितिको बैठकले यही असोज २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पूँजीको २९ प्रतिशत बोनश शेयर र १.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ वितरण गर्न स्वीकृत गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधनरथप गर्ने लगायतका विशेष प्रस्तावमा छलफल तथा निर्णय गर्ने निर्धारित विषयसूची रहेको बैंकले जनाएको छ ।

साधारण सभाका लागि यहि असोज १६ देखि २८ गतेसम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहने जनाइएको छ