दाजुको हत्या गरी भागेका भाइ तीन दिनपछि पक्राउ

काठमाडौं । बझाङमा दाजुको हत्या गर्ने एक जनालाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ ।

छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेका ६० वर्षीय जैलु मण्डेलकाको हत्या आरोपमा उनका भाइ बिजुली पक्राउ परेका हुन् ।

बिजुलीले शुक्रबार राति दाजु जैलुको तरकारी काट्ने चक्कुले हानेर हत्या गरेका थिए । घटनालगत्तै फरार भएका उनलाई घट्टे गाउँमाथिको एक घरबाट घेरा हाली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए ।