लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ

काठमाडौं । चितवनमा एक ग्राम लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका-१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामा पक्राउ परेका हुन्।

उनलाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

आफ्नै घरमा लागुऔषध बेचबिखन गर्ने गरेको गोप्य सुचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।