एमाले बागमती अधिवेशनः एक हजार १३१ मत खस्यो, परिणाम आजै आउने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १३१ मत खसेको छ। कुल मतदाता एक हजार १७२ जनामध्ये ४२ जना अनुपस्थित भएका छन्।

मतदानको परिणाम शुक्रबार १० बजेभित्र आइसक्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए।

अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।

चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएका छन्।