एमालेको बागमती अधिवेशन अध्यक्षमा ढुंगेल निर्वाचित, अरु पदमा ककसले जिते ?

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन् ।

रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् । निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे।

यस्तै सचिवमा नवराज सिलवाल विजयी भएका छन् ।

सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।