जनकपुरले एनपीएलको उपाधि जितेको खुसीयालीमा सखुवा प्रसौनीले दियो सार्वजनिक बिदा

काठमाडौं । राजधानीमा सम्पन्न नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले खुशी, हौसल्ला प्रदानका साथै आज सार्वजनिक बिदा दिएको छ ।

जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले हिजो बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाले सूचना जारी गरेको छ । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्यचौकीमा अत्यावश्यकबाहेक सबैमा स्थानीय बिदा दिइएको सूचनामार्फत् जानकारी दिएको हो।

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपीएल आफ्नो नाममा गरेको थियो ।