१० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

ठमेलको ज्याठामा स्कूटरमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा फलफूल पसल सञ्चालन गर्दै आएका ४० वर्षीय रुपेशकुमार गुप्ता छन् ।

प्रहरीले उनलाई बा ९१ प ९९५८ नम्बरको स्कूटरसहित राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।