वैदेशिक रोजगार विभागले गर्‍यो १४ म्यानपावर कम्पनी निलम्बन

काठमाडौं । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान जारी भइरहेको छ ।

सो अनुसार संलग्नता देखिएको आधारमा यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।

यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ ।

जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।