एमाले सुदूरपश्चिम अधिवेशनः आजै उम्मेदवारी दर्ता र आजै चुनाव

काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम अधिवेशनमा नयाँ कमिटी चयनका लागि आजै उम्मेदवारी दर्ता र चुनाव हुँदैछ । निर्वाचन कमिटीले बिहान सात बजेदेखि ९ बजेसम्म उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तै दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने साँझ पाँच बजे मतदान सुरू हुने कार्यतालिका छ ।

सुदूरपश्चिमको नेतृत्व लिन तीन जना नेताहरू अध्यक्षको आकाक्षी छन् । बचनबहादुर सिंह, कमल तिमिल्सेना र कृष्णप्रसाद जैसी अध्यक्षका आकांक्षी छन् । अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि यहाँ सहमति हुन नसकेकाले चुनाव हुने प्रायःनिश्चित छ ।