भ्रष्टाचारको डिल विदेशमा हुन थाल्यो : अख्तियार प्रमुख

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको डिल विदेशमा हुन थालेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचारको डिल विदेशमा हुन थालेकाले प्रमाण जुटाउन समस्या भएको बताएका हुन् ।

‘भ्रष्टाचार अन्तर्राष्ट्रियकरण भयो । सिंगापुर, हङकङबाट डिलिङ हुन्छ,’उनले भने, ‘विदेशमा डिल भएकाले प्रमाण जुटाउन समस्या भइरहेको छ ।’