लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धनगढी ।  कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १० गणपति ईटाभट्टा नजिकबाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार धनगढी १० का १७ वर्षीय किशोरलाई बिहीबार साँझतिर प्रहरीले ९४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिई गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।