त्रिकोणात्मक टी-२० सिरिज : नेपालको लगातार दोस्रो जित

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिनए । यस्तै, कप्तान रोहित पौडेल २५ र गुल्सन झा १४ रनमा अविजित रहे । यसैगरी, कुशल भुर्तेलले ८, सन्दिप जोराले ३ र कुशल मल्लले १ रन जोडे ।