भारतको गगनयानको परीक्षण उडान सफल

काठमाडौं ।  भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले शनिबार आफ्नो गगनयान (स्काइक्राफ्ट) मिसन रोकेको केही घण्टाको अन्तरालपछि पुनः परीक्षण उडान सुरु गरेको छ ।

मिसन गगनयान टीभी डी १ को परीक्षण उडान सफल भएको इस्रोले जनाएको छ । इस्रोका अनुसार, क्रु एस्केप सिस्टमले अपेक्षाकृत रूपमा प्रदर्शन गरेको छ । यो प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशमा श्रीहरिकोटानजिकको सतीश धवन अन्तरिक्ष केन्द्रमा गरिएको थियो । सिन्ह्वाको सहयोगमा