टी-२० सिरिज : नेपालले लियो युएईको पाँचौं विकेट

काठमाडौं ।  त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईको पाँचौं विकेट लिएको छ।

सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर बलिङ गरेको नेपालले युएईको पाँचौं विकेट लिएको हो।

अविनाश बोहराले युएईको महत्वपूर्ण विकेट लिएको हो। युएईका भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोकेका हुन्। अरविन्द ४५ रन बनाएर आउट भए।

त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भए। उनी ९ रन बनाएर आउट भएका हुन्।

गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरे। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरे।

सोमपाल कामीले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।

सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौं बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए।

खेलको १७ ओभरमा पाँच विकेट गुमाएर युएईले १२१ रन बनाएको छ।