जाजरकोटका भुकम्प पिडितहरुलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रामिक सहयोग गर्ने

 

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले जाजरकोटका भुकम्प पीडितहरुका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा दिने निर्णयको भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
गयराति शुक्रवार ११ः४३ बजे ६।४ रेक्टर स्केलको भूकम्प जादा धनजनको क्षेती भएको थियो ।