भुकम्पबाट क्षतिग्रस्त भएका घरहरुको मर्मतसम्भारका लागि नेपाल पत्रकार महासंगको आह्वान

काठमाडौं । जाजरकोट र रुकम पश्चिममा भुकम्पबाट  क्षतिग्रस्त घरहरुको मर्मतसम्भारका लागि सहयोग गर्न नेपाल पत्रकार महासंगले  आह्वान गरेको छ । महासंगले जाजरकोट र रुकुम पश्चिमका गरी ५६ जना पत्रकारको घर र १० वटा सञ्चार माध्यमको कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएको बताएको छ ।
नागरिकलाई सूचना र समाचार प्रवाह गर्ने पत्रकार र सञ्चार माध्यमलाई विपदका बेला राहत उपलब्ध गराउन महासंघले सहयोगको आह्वान गरेको महासचिव रोसन पुरीले जानकारी दिए ।

सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसंघ मैत्रीपूर्ण सम्बन्ध भएका सञ्चार संस्था र इच्छुकले कोषमा सहयोग रकम जम्मा गर्न सक्ने महासंघले जनाएको छ ।